सुन तोलाको दुई लाख ८५ हजार ५००

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य केही घटेको छ । हिजो बिहीबारको तुलनामा सुन तोलामा पाँच हजार ८०० रुपैयाँ र चाँदी १५५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ८५ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको भाउ चार हजार ३५० निर्धारण भएको छ । हिजो एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९१ हजार ३०० र त्यति नै परिमाणको सेतो धातु रु चार हजार ५०५ मा कारोबार भएको थियो ।

गत बुधबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९१ हजार र त्यति नै परिमाणको सेतो धातुको भाउ रु चार हजार ४८० निर्धारण भएको थियो । गत मङ्गलबार प्रतितोला छापावाल सुनको मूल्य रु दुई लाख ८५ हजार ६०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ३७० मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ४५ र चाँदी ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *