फेरी चलेन नेपालको ब्याटिङ, नेदरल्यान्ड्सलाई सामान्य विजयी लक्ष्य

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को जारी त्रिकोणात्मक सिरिज अन्तर्गत  नेदरल्यान्ड्सविरुद्ध भएको दोस्रो खेलमापनि नेपालको ब्याटिङ निरह बनेको छ । ट्रेच्टस्थित स्पोर्ट्पार्क मार्स्चलकेर्वेर्डमा जारी खेलमा नेपालले घरेलु टोली नेदरल्यान्ड्सलाई १ सय ५८ रनको झिनो लक्ष्य प्रस्तुत गरेको हो ।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले ४४.४ ओभरमा अलआउट हुँदै १ सय ५७ रनमात्र बनाउन सक्यो । नेपालको लागि आरिफ शेखले सर्वाधिक ४१ रन बनाउँदा अन्य ब्याट्सम्यानले उल्लेखनीय योगदान दिन सकेनन् । आरिफले ९० बलमा ४ चौका हिर्काए । यस्तै गुलसन झाले ४२ बलमा २ छक्का र १ चौकाको मद्दतमा २९ रन बनाउँदा दीपेन्द्र सिंह एरीले २१, आसिफ शेखले १४, करण केसीले नटआउट १३ र सोमपाल कामीले १० रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

नेदरल्यान्ड्सको लागि एलेक्स रोए र रोएलोफ भान डेर मेर्वेले समान तीन/तीन विकेट लिँदा लोगान भान बिकले २ र केल क्लेइनले एक विकेट लिए । अब नेदरल्यान्ड्सले जवाफी ब्याटिङ गर्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *