दुर्घटनाका कारण अवरुद्ध मुग्लिङ–नारायणगढ सडक संचालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिक मुग्लिङ–नारायणगढ सडकखण्डमा तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा करिब २५/२६ जना यात्रु घाइते भएका छन् ।

आइतबार बिहान करिब ७ बजे काठमाडौंबाट दाङतर्फ गइरहेको लु.प्र.०३–००१ ख ०५०५ नम्बरको बस, सर्लाहीबाट काठमाडौंतर्फ गइरहेको म.प्र.०३–००२ ख ७३२ नम्बरको बस र सोही दिशाबाट पछाडि आउँदै गरेको बा.प्र.०३–००१ ख १६७१ नम्बरको ट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका यात्रुको उद्धार गरी एम्बुलेन्समार्फत उपचारका लागि भरतपुर पठाइएको छ । दुर्घटना हुँदा अवरुद्ध भएको सडक–खण्ड सवारी साधन हटाइ दुवैतर्फी नै सुचारू भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *