काठमाडौं । मंगलबार शेयर बजार नेप्से सामान्य अंकले बढको छ । मंगलबार नेप्से ६.११ अंकले बढेको हो । आज ३८३ वटा कम्पनीको १ करोड ८२ लाख ९३ हजार ५२६ कित्ता सेयर ८ अर्ब ४१ करोड ७५ लाख २८ हजार ४३२ रुपैयाँमा कारोबार भएको छ ।
सोमबार नेप्से ३०.६० अंकले घटेको थियो । आज १३ समूहको उपसूचकमध्ये १२ उपसमूहको परिसूचक बढेका छन् । आज १६४ कम्पनीको मूल्य बढ्दा १०१ को घट्यो भने १० को स्थिर रह्यो ।
