सुनको मूल्य प्रतितोला १२ सयले घट्यो

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा सुन तोलामा एक हजार दुई सयले घटेको छ भने र चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ८४ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य प्रतितोला रु चार हजार ३६० कायम भएको छ ।

सोमबार छापावाल सुन प्रतितोला रु दुई लाख ८५ हजार दुई सय र त्यति नै परिमाणको सेतो धातुको मूल्य प्रतितोल रु चार हजार तीन सय ७५ प्रतितोला कायम भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *