अमेरिकी सिनेटर तथा ट्रम्पका प्रमुख सहयोगी ग्राहमको ७१ वर्षको उमेरमा निधन

वाशिङ्गटन, संयुक्त राज्य अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख सहयोगी तथा प्रमुख अमेरिकी सिनेटर लिन्डसे ग्राहमको ‘छोटो समय अचानक बिरामी’ परेपछि ७१ वर्षको उमेरमा निधन भएको उनको कार्यालयले आइतबार जानकारी दिएको छ ।

विदेश नीतिका कामका लागि परिचित ग्राहम इरानविरुद्धको युद्धका दृढ समर्थक मानिनुहुन्थ्यो र पछिल्ला वर्षहरूमा ट्रम्प तथा बाइडेन प्रशासनलाई रूसको आक्रमणविरुद्ध किएभ (युक्रेन) लाई समर्थन गर्न आग्रह गरेका थिए ।

साउथ क्यारोलिनाका रिपब्लिकन सिनेटर ग्राहमको कार्यालयले सामाजिक सञ्जाल एक्समा उनको शनिबार साँझ निधन भएको पुष्टि गरेको छ। ग्राहमले बिहीबार मात्र ७१ वर्ष पूरा गरेका थिए । उनको ‘अचानक तर छोटो समय बिरामी’ भई निधन भएको हो ।

“यो दुःखको कठिन समयमा दिवङ्गत सिनेटर ग्राहमको परिवारले प्रार्थनाको आह्वान गर्दै गोपनीयताका लागि अनुरोध गर्दछ,” विज्ञप्तिमा भनिएको छ । एनबीसी न्यूजका अनुसार शनिबार राति ग्राहमको क्यापिटल हिलस्थित निवासबाट ‘हृदयाघात’ को उपचारका लागि फोन आएपछि इमर्जेन्सी सेवाहरू तुरून्त उहाँको निवासमा पुगेका थिए ।

–श्रद्धाञ्जलि–

राष्ट्रपति ट्रम्पले आइतबार प्रभावशाली सिनेटरप्रति श्रद्धाञ्जली दिँदै सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, “सिनेटर लिन्डसे ग्राहम, मैले चिनेका सबैभन्दा महान व्यक्तिहरू र सिनेटरमध्ये एक हुनुहुन्थ्यो, उहाँ अब रहनुभएन !”

ट्रुथ सोसलमा अगाडि लेखिएको छ, “उहाँ सधैँ कर्तव्यनिष्ठासहित देश र देशबासीको हितका लागि काम गरिरहनुहुन्थ्यो । उहाँ एक सच्चा अमेरिकी देशभक्त हुनुहुन्थ्यो । लिन्डसेको निधनले अमेरिकी राजनीति र कुटनीतिका क्षेत्रमा ठूलो अभाव महसुस हुनेछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *