अभिनेत्री दीपाश्री निरौलालाई ब्रेन ट्युमर

काठमाडौँ । अभिनेत्री दीपाश्री निरौलालाई ब्रेन ट्युमर भएको छ । अन्नपूर्ण न्यूरो अस्पतालमा केही दिनअघि उनको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको हो ।

अभिनेता दीपकराज गिरीका अनुसार शल्यक्रिया सफल भएको र हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख छ। हाल उनी आइसियूबाट जनरल वार्डमा स्वास्थ्यलाभ गरिरहेकी छन् । ’छ माया छपक्कै २’ को सुटिङकै बीचमा दीपाश्रीलाई ब्रेन ट्यूमर भएको पत्ता लागेको थियो ।

अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. बसन्त पन्त नेतृत्वको चिकित्सक टोलीले उनको ट्युमरको शल्यक्रिया गरेको गिरीले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *