काठमाडौँ । शेयर बजार बिहीबार पनि दोहोरो अङ्कले घटेको छ । बिहीबार नेप्से १९ दशमलव ६७ अङ्कले घटेर २ हजार ६०१ दशमलव ९२ विन्दुमा झरेको छ ।
आज सबै समूहको उपसूचक घटेकोमा व्यापार समूहको उपसूचक २ दशमलव ३६ प्रतिशतले ओरालो लागेको छ । आज २२९ वटा कम्पनीको शेयर घटेकोमा ४२ वटाको बढेको छ ।
यस्तै ६ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।आज बैंक अफ काठमाण्डुको डिबेन्चर ८ दशमलव ६६ प्रतिशतले घटेको छ । आज ३६१ वटा कम्पनीको ८७ लाख ५१ हजार कित्ता शेयर ४ अर्ब ६१ करोड रुपैयाँमा किनबेच भएको छ ।
