संविधान संशोधन बहसपत्र तयारी कार्यदलबाट बाहिरियो एमाले

काठमाडौं । नेकपा एमाले संविधान संशोधन बहसपत्र तयारी कार्यदलबाट बाहिरिएको छ । कार्यदलको काम–कारबाही सुरुदेखि नै संदिग्ध प्रकृतिको रहेकाले पार्टी प्रतिनिधि फिर्ता बोलाइएको महासचिव शंकर पोखरेलले जनाएका छन् ।

उनले कार्यदललाई पत्र लेख्दै भनेका छन्, संविधान संशोधनका विषयहरू किटान नगरिएको, वर्तमान संविधानका आधारभूत संरचनाप्रति सरकारको दृष्टिकोण प्रस्ट नभएको, संशोधनका लागि बहसमा ल्याइएका विषयहरू संघीय लोकतान्त्रिक गणतन्त्रको विरूद्धमा देखिएको जस्ता कारणले डा. भीष्म अधिकारीलाई फिर्ता बोलाइएको छ ।’

मन्त्रिपरिषद्को निर्णयबमोजिम गठित कार्यदलमा एमालेको समेत प्रतिनिधि रहने भनिएको थियो । एमालेका तर्फबाट डा. भीष्म अधिकारीलाई त्यसमा प्रतिनिधि तोकिए पनि बैठकमा सहभागी नभएको उनले उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *