सरकार मुलुकको आर्थिक सङ्कट समाधान गर्न अग्रसर हुनुपर्ने : एमाले

काठमाडौँ । नेकपा (एमाले)ले वर्तमान सरकार मुलुकको आर्थिक सङ्कट समाधान गर्न अग्रसर हुनुपर्नेमा जोड दिएको छ ।

एमाले महासचिव शङ्कर पोखरेलले सरकारको १०० दिनः वाचा र यथार्थको समीक्षासहित जारी गरेको विज्ञप्तिमा मुलुकको आर्थिक सङ्कट समाधान गर्न र विधिको शासन कायम गर्न अग्रसर हुनुपर्नेमा जोड दिएका छन् ।

एमालेले संविधान संशोधनका विषयमा राजनीतिक दलसँग परामर्श समेत गर्नुपर्नेमा जोड दिए  । संविधान कुनै सरकारको क्षणिक राजनीतिक सुविधा वा सत्ता–सन्तुलन मिलाउने साधन नभई जनताको ऐतिहासिक सङ्घर्ष, बलिदान र सार्वभौम जनादेशको दस्तावेज रहेकाले राजनीतिक दलसँगको सहमतिमा संविधान संशोधन गर्नुपर्ने उनको भनाइ थियो ।

एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिनिधिसभा निर्वाचनमा घोषणा गरेको वाचापत्रअनुसार सरकार सञ्चालन गर्नुपर्ने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *