काठमाडौँ । सर्वोच्च अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै परेको बन्दीप्रत्यक्षीकरणको रिट खारेज गरेको छ ।
बिहीबार सर्वोच्चका न्यायाधीशद्वय विनोदकुमार शर्मा र नित्यानन्द पाण्डेयको इजलासले रिट खारेज गरेको हो । पौडेलकी श्रीमती दोमाया पौडेलले असार १० गते सर्वोच्चमा गैरकानुनी थुनामा राखिएको भन्दै बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी थिइन् ।
पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानका लागि पक्राउ गरिएको थियो । आजैमात्र विशेष अदालतले पौडेललाई ६ दिन थुनामा राख्न अनुमति दिएको छ ।
