कम्युनिष्ट घटकहरुबीच सहकार्यका लागि ढिला गर्ने मनसाय राख्नु दुर्भाग्यपूर्ण हुन्छः प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन परिस्थितिमा मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद (जबज) ले नेपाली कम्युनिष्ट आन्दोलनलाई जीवन्त राख्न ऐतिहासिक भूमिका खेलेको बताएका छन् ।

आइतबार मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोहमा प्रचण्डले कुनै पनि विचार वा नीति सर्वकालिक नहुने भन्दै समयअनुसार त्यसको मूल्याङ्कन र विकास आवश्यक हुने बताए । प्रण्डले ०७४ सालको निर्वाचनअघि यही हलबाट तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच कार्यगत एकता र पछि पार्टी एकताको घोषणा गरिएको स्मरण गर्दै अहिले पनि दुई पार्टीका नेताहरू एउटै मञ्चमा उपस्थित हुनु अर्थपूर्ण रहेको बताए ।

उनले भने,‘७४ सालको निर्वाचन आउँदै थियो, हामीले यही हलमा कार्यगत एकता र निर्वाचनमा सहकार्यको घोषणा गरेका थियौँ। त्यहीँबाट पार्टी एकतामा जाने उद्घोष पनि गरेका थियौँ। आज फेरि यही हलमा हामी तिनै दुई पार्टीका नेताहरू मात्रै छौं ।’
उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठनको घोषणा मदन भण्डारीको स्मृतिदिवस जेठ ३ गते नै गरिएको उल्लेख गर्दै त्यसको विशेष राजनीतिक र वैचारिक अर्थ रहेको बताए।

प्रचण्डले सोभियत संघको विघटन र पूर्वी युरोपका समाजवादी शासनहरू पतन भएको कठिन अन्तर्राष्ट्रिय परिस्थितिमा मदन भण्डारीको नेतृत्वमा जनताको बहुदलीय जनवादको अवधारणा अघि सारिएको स्मरण गरे।

उनले माक्र्सवादी दर्शनले परिवर्तनलाई नै स्थायी सत्यका रूपमा स्वीकार गर्ने भएकाले समयको मागअनुसार नीति, सिद्धान्त र कार्यदिशाको विकास गर्नुपर्नेमा जोड दिए। उनले अ हुने चेतावनी दिए ।

उनले भने, ‘नेपालमा कम्युनिष्ट आन्दोलनलाई के गरी सिध्याउने भन्ने प्रयास भइरहेको छ । यही षड्यन्त्रको परिणतिका रुपमा भदौ २४ भयो, चुनाव भयो, अहिले जे भइरहेको छ हामीले देखेका छौ । त्यसैले यसलाई रोक्न छिटोभन्दा छिटो वामपन्थी र देशभक्त एक हुनुपर्छ । ढिला गर्नुहुँदैन । नत्र भयानक दुर्घटना हुन्छ ।’

प्रचण्डले सहकार्यका लागि ढिला गर्ने मनसाय राख्नु पनि दुर्भाग्यपूर्ण हुने बताए । उनले घण्टी बजाएर नयाँ जनवाद भनिरहेको भन्दै त्यसले कहीँ पनि नलैजाने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *