रास्वपा महाधिवेशनः मतदान जारी

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा मतदान जारी रहेको छ । रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार ९९ पदका लागि विद्युतीय मतदान जारी रहेको हो ।

बिहान ५ः५० सम्म एक हजार चार सयले मतदान गरेका छन् ।  ८० वटा मेसिनबाट मतदान भइरहेको छ । मतदान सकिएको दुई घण्टामा मतपरिणाम आउने बताइएको छ ।

निर्वाचनमा ३८४ जना उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । यसअघि रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *