काठमाडौँ । बुधबार पनि शेयर बजार नेप्से ओरालो लागेको छ । बुधबार नेप्से १४.४५ अंकले घटेको हो । मंंगलबार नेप्से २६.१६ अंकले घटेको थियो ।
आज ३३८ वटा कम्पनीको १ करोड ७ लाख कित्ता शेयर ४ अर्ब ४१ करोड ८६ लाख रुपैयाँमा किनबेच भएको छ । कारोबारमा आएकामध्ये ६२ वटा कम्पनीको मूल्य बढ्दा २०२ वटाको घट्यो ।
टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बलिङ्ग हाइड्रोपावरको शेयर १५ प्रतिशतले बढ्दा भुजुङ्ग हाइड्रोपावरले सेयर १४.६९ प्रतिशतले बढेको छ ।
