विश्वका दुई करोड १७ लाख मानिसमा कोरोना भाइरसको सक्रिय संक्रमण

विश्वमा नौ करोड १४ लाख ६५ हजार ५२४ जना  कोरोना भाइरस संक्रमित कोरोनामुक्त भएका छन् । हालसम्म ११ करोड ५७ लाख ६३ हजार ४ सय ९५ जनामा कोरोना संक्रमण भएको छ ।

संक्रमितमध्ये २५ लाख ७१ हजार ६ सय ६६ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा दुई करोड १७ लाख २६ हजार भन्दा बढी सक्रिय संक्रमित छन् । कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा हालसम्म दुई करोड ९४ लाख ५६ हजार भन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये २ करोड भन्दा बढी संक्रमणमुक्त भएका छन् भने पाँच लाख ३१ हजार ६ सय ५२ जना संक्रमितको मृत्यु भएको छ ।

यस्तै, छिमेकी मुलुक भारतमा हालसम्म एक करोड ११ लाख ५६ हजारभन्दा बढी संक्रमित भएका छन् । संक्रमितमध्ये एक करोड ८ लाख २४ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् भने कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ५७ हजार ४ सय ७१ जना पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *