काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख र पदाधिकारीहरूलाई नियन्त्रणमा लिएर दबाब दिएको भन्दै आपत्ति जनाएको छ ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले अख्तियारका प्रमुख र अन्य पदाधिकारीहरूलाई प्रधानमन्त्री कार्यालयभित्रै थुनेर पक्राउ पुर्जी जारी गर्न बाध्य पारिएको दाबी गरे गरेका हुन् ।
उनले भने, ‘संवैधानिक निकायका प्रमुखहरूलाई प्रधानमन्त्री कार्यालयको कोठाभित्रै थुन्ने र धम्कीका साथ पक्राउ पुर्जी जारी गर्न लगाइएको विषय बाहिर आएको छ । ‘यदि यो साँचो हो भने यो लोकतन्त्र र सुशासनको नाममा लज्जास्पद हर्कत हो।’
उनले यस विषयमा सत्य तथ्य पत्ता लगाउन तत्काल ‘संसदीय छानबिन समिति’ गठन गर्न माग गरेका छन् । राहदानी विभागमा महानिर्देशकलाई पक्राउ गर्न प्रधानमन्त्रीको सचिवालयले अख्तियारका अधिकारीहरुलाई दबाब दिएको खबर सार्वजनिक भएको छ ।
