प्रचण्ड र माधव नेपालबाट अब पार्टी चल्दैनः झलनाथ खनाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता झलनाथ खनालले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधकुमार नेपालबाट अब पार्टी नचल्ने बताएका छन् । संयोजक प्रचण्डलाई ३६ बुँदे असन्तुष्टि पत्र लेख्दै नेतृत्व विचलित भएकाले यही नेतृत्वले पार्टीलाई महाधिवेशनसम्म लैजान नसक्ने बताएका हुन् ।

उनले प्रचण्ड र नेपालमाथि वैचारिक विचलन, पूर्वाग्रह र अनैतिकताको गम्भीर आरोप लगाएका छन् । उनले विगत ६ दशकदेखि कम्युनिष्ट आन्दोलनमा निरन्तर सक्रिय र पार्टीका विभिन्न कमिटीहरू चलाइसकेको आफू जस्तो वरिष्ठ नेतालाई एकताको ७ महिनासम्म पूर्ण रूपले जिम्मेवारीविहीन बनाएर अपमानजनक व्यवहार गरेको आरोप लगाएका छन् ।

खनालले पत्रमा वर्तमान नेतृत्वले पार्टी एकता, वैचारिक स्पष्टता र सङ्गठनात्मक पुनर्गठन गर्न नसकेको गम्भीर आरोप लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *