मन्त्री लम्सालको निर्देशनः काम गर्दैन भने ठेकेदारको खुट्टा भाँच्दिनू, मतलब भएन

काठमाडौँ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले काम नगर्ने ठेकेदारको खुट्टा भाँच्न निर्देशन दिएका छन् । आइतबार नागढुंगा–मुग्लिङ सडक योजनाको निरीक्षण क्रममा मन्त्री लम्सालले बिजुलीको पोल नसार्ने ठेकेदारको खुट्टा भाँच्न निर्देशन दिएका छन ।

अनुगमनका क्रममा उनले काम नगर्ने ठेकेदारलाई खोजेर ल्याई खुट्टा भाँचिदिएर भए पनि काम लगाउन निर्देशन दिएका हुन् । उनले भने, ‘यो बिजुलीको पोल सार्ने कन्ट्रयाक्टर धर्तीमा कहाँ छ ? खोजेर लिएर यहीँ राख्नुस्। काम गर्दैन भने खुट्टा भाँच्दिनू, मतलब भएन ।’

मन्त्री लम्सालले यसअघि निर्माण व्यवसायी रमेश शर्मा र पिताम्बर बडूलाई प्रहरीलाई पक्राउ गर्न लगाएका थिए । तर पछि मन्त्रालयका अधिकारीले व्यवसायीसँग माफी मागेका थिए ।

प्रधानमन्त्री बालेन साहले गत फागुन ६ गते धनगढीमा आयोजित चुनावी सभामा ’काम नगर्ने ठेकेदारलाई रूखमा बाँध्ने, बाटोमा सुताउने, खोरमा जाक्ने’ बताएका थिए। मन्त्री लम्सालले बालेनले चुनावअघि भनेजस्तै व्यवहार गर्न थालेका छन् । मन्त्रीको अभिव्यक्तिको अहिले आलोचना सुरु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *