रास्वपा कैलाली जिल्ला अधिवेशनको परिणाम बदर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको कैलाली जिल्ला अधिवेशनको सम्पूर्ण निर्वाचन प्रक्रिया र त्यसबाट घोषित परिणाम बदर भएको छ । आइतबार बसेको केन्द्रीय निर्वाचन आयोगको बैठकले अधिवेशनका क्रममा भएका प्रक्रियाहरू विधान र कार्यविधि विपरीत भएको ठहर गर्दै खारेज गर्ने निर्णय गरेको हो ।

आयोगका अनुसार जिल्लाका उम्मेदवार र सदस्यहरूले दिएको सप्रमाण उजुरीका आधारमा अध्ययन गर्दा निर्वाचनमा गम्भीर त्रुटिहरू भेटिएको बताएको छ । आयोगले जिल्ला अधिवेशनका क्रममा भएका कार्यहरू गैर प्रक्रियागत र विधान विपरीत भएकाले निर्वाचनको निष्पक्षता र वैधता खण्डित भएको निष्कर्ष निकालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *