जग्गा रोक्का गरिदिन सहजीकरण गर्ने भन्दै ४० हजार घुस लिने नायव सुब्बा पक्राउ

काठमाडौँ । भूमी प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज कण्डेल घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार कण्डेलले जग्गा रोक्का गर्ने काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना तथा उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो।

आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले कण्डेललाई सेवाग्राहीबाट ४० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ। उनको साथबाट श्रोत नखुलेको २१ हजार ७० रुपैयाँ पनि बरामद भएको अख्तियारले जनाएको छ। कण्डेललाई घुस रकमसहित नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *