सुन तोलाको दुई लाख ९२ हजार

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा पाँच हजार ३०० र चाँदी १९० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार एक तोला सुनको मोल दुई लाख ९२ हजार कायम भएको छ । एक तोला चाँदीको मूल्य रु चार हजार ८४० निर्धारण भएको छ ।

हिजो एक तोला सुन रु दुई लाख ८६ हजार ७०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ६५० मा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *