झुट्टा विवरण पेश गरी विदेशीलाई नेपाली नागरिकता दिलाएको आरोपमा वडाध्यक्षसहित चार जना पक्राउ

दाङ । झुट्टा विवरण पेश गरी नागरिकता बनाएको (नागरिकता सम्बन्धी कसुर) मुद्दामा दाङको राजपुर गाउँपालिका ४ का वडा अध्यक्षसहित ४ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दाङ राजपुर गाउँपालिका ४ का वडा अध्यक्ष रामेश्वर यादव (रामेश्वर अहिर), सोही वडाका वडा सचिव राजेश कुमार कहार, तत्कालीन कार्यालय सहायक मिना चौधरी र राजपुर गाउँपालिका ४ का आलम जोल्हा रहेका छन् ।

प्रारम्भिक अनुसन्धानका क्रममा नागरिकता प्राप्त गर्न अयोग्य गैरनेपाली नागरिक आलम जोल्हालाई दाङ राजपुर गाउँपालिका–४ निवासी स्वर्गीय सनाउल्ला जोल्हाको छोरा देखाई गैरकानूनी रूपमा नेपाली नागरिकताको प्रमाणपत्र दिलाउने कार्यमा संलग्न रहेको खुलेको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *