‘तपाईँमाथि प्रश्न उठ्यो, तपाईँमाथि नै छानबिन हुनुपर्छ, छानबिन तपाईँले गराउने होइन’

काठमाडौँ । राष्ट्रियसभा सदस्य एवं नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले अर्थमन् त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन गर्नुपर्न बताएकी छन् । सामाजिक संजालमार्फत झाँक्रीले विषयान्तर गराउन कर्मचारीमाथि छानबिन गराउने कुरा सह्य नहुने बताएकी हुन् । उनले अर्थमन्त्री वाग्ले योजना आयोगको सदस्य र उपाध्यक्ष हुदै गर्दा त्यो प्रणाली भित्रको चलायमान र जान्ने खेलाडी भएको बताएकी छन् ।

उनले भनेकी छन्, ’अर्थमन्त्री स्वर्णिम वाग्लेज्यू हिजो जे जे बेथिति थिए भन्नु हुन्छ नि, तपाईँ पावर पोलिटिक्सको नजिक र राज्यको संयन्त्रमै हुदा जस्तोः योजना आयोगको सदस्य र उपाध्यक्ष हुदै गर्दा त्यो प्रणाली भित्रको चलायमान र जान्ने खेलाडी हो । तपाईँ विपक्ष बेन्चमा हुँदा बजेट र बजेट बारे बोलेको भिडियोहरू छ्यापछ्याप्पी भेटिन्छन् । अरू कसैले गरेको आर्थिक अपराध, संगठित अपराध, प्रणाली खरिद गरेको मानिने तर तपाईँ अर्थमन्त्रीको हैसियतले गरेको यो आर्थिक अपराध ‘नयाँ’ को नाममा केही होइन, यस्तै हुन्थ्यो भनेर चुप बसिदिनु पर्ने हो ? अनि छानबिन ? दुधको साक्षी बिरालो ? तपाईँले नै तपाईँले गरेको अपराध र देशद्रोही कदमको कर्मचारीमाथि छानबिन गराउने ? तपाईँले के बोल्नु भएको थियो बिगतमा यसो विचार गर्नु त ? हुदैन । तपार्इँलाई आरोप लाग्यो। तपाईँमाथि प्रश्न उठ्यो, तपाईँमाथि नै छानबिन हुनुपर्छ । तर तपाईँले छानबिन गराउने होइन । तपाईँमाथिको छानबिन संसदले वा संसदले बनाएको समितिले गर्नसक्छ र गर्नुपर्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *