प्रधानमन्त्रीलाई आशिकाको आग्रहः कृपया सदनमा आएर प्रतिपक्षको जवाफ दिनुहोला र हामी सत्तापक्षको मन राखिदिनुहोला

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले  प्रधानमन्त्री बालेन साहलाई सदनमा आएर जवाफ दिन आग्रह गरेकी छन् । प्रधानमन्त्रीको जवाफ माग्दै विपक्षीले दिनहुँ सदन अवरोध गरेपछि उनले यस्तो बताएकी हुन् ।

उनले भनेकी छन्, ‘म प्रधानमन्त्रीज्यूसँग के अपील गर्छु भने तपाईँ हाम्रो अभिभावक हो । हामी सबै तपाईँको सन्तान हौं । अब तपाईँले नै हामीलाई वास्ता नगर्ने हो भने हामी टुहुरा हुनेछौं । त्यसैले कृपया सदनमा आइदिनु भई प्रतिपक्ष दलका सवालजवाफ दिनुहोला र हामी सत्तापक्षको मन राखिदिनुहोला धन्यवाद !’

Leave a Reply

Your email address will not be published. Required fields are marked *