टोकियो । उत्तरपूर्वी जापानको फुकुसिमा शहरमा मंगलबार भालुले आक्रमण गर्दा चार जना घाइते भएको उल्लेख गर्दै घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको स्थानीय मिडियाले जनाएको छ ।
स्थानीय समय अनुसार बिहान लगभग ६ः३० मा, फुकुसिमा शहरको एक निर्माण कम्पनीका दुई पुरुष कर्मचारीलाई एउटा भालुले आक्रमण गरेको स्थानीय प्रहरी र अग्नि नियन्त्रक विभागलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
आक्रमण पछि भालु छिमेकी आवासीय क्षेत्रमा भागेर एउटा पसी घरमा ८० वर्षकी एउटी महिलालाई र अर्को कार्यालय भवनमा पसी ६० वर्षका पुरुष कर्मचारीलाई आक्रमण गरेको जनाइएको छ ।
प्रहरीले गत हप्ता देखि फुकुसिमा शहरको वरपर भालु देखिएको बताएको छ । भालु अझै पनि त्यस क्षेत्रमा रहेको बताउँदै प्रहरी अधिकारीहरूले जनावरलाई गोली हान्ने अनुमति दिन र आपतकाल घोषणा गर्ने बारे विचार गरिरहेको जनाएका छन् ।
