संसद बैठकमा अमर्यादित व्यवहार प्रदर्शन गर्ने सांसदहरूमाथि छानबिन गर्न समिति गठन

 

काठमाडौँ ।   संसदको  आइतबारको   बैठकमा संसद सदस्यले अमार्यादित र आपत्तिजनक व्यवहार गरेको  भन्दै तीन सदस्य छानबिन समिति गठन गरिएको छ

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा सङ्घीय संसद् सचिवालयको आन्तरिक सेवा तथा योजना प्रमुख र प्रविधि महाशाखा प्रमुख सदस्य रहेको तीन सदस्यीय समिति गठन गरेका हुन् ।  समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउनु भनिएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा केही सांसदले  अमार्यादित र आपत्तिजनक व्यवहार प्रदर्शन गरी भौतिक क्षतिसमेत पुर्याउने काम गरेको सभामुखले जानकारी गराए ।

प्रतिपक्षले आजपनि  सदन अवरुद्ध गरेपछि सोमबारका  लागि तय भएका बैठकको कार्यसूचीका विषयहरु हटाइएको छ ।

आइतबारको प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभा नियमावली पारित गर्ने क्रममा विपक्षी सांसदले वेल घेर्नुका साथै अमर्यादित व्यवहार प्रदर्शन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *