नेपाल साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौं । नेपाल भारतमा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । आइतबार बेलुकी सम्पन्न समूहचरणको खेलमा श्रीलंकालाई २-० गोलले हराउँदै नेपाल समूह ‘ए’को विजेताको  रुपमा सेमिफाइनल पुगेको हो ।

गोवास्थित जवाहरलाल नेहरु स्टेडियममा भएको खेलमा नेपाललाई जित दिलाउन रश्मी कुमारी घिसिङ र रेनुका नगरकोटीले समान एक/एक गोल गरिन् । पहिलो हाफको इन्जुरी समयमा रश्मीले गोल गर्दै नेपाललाई शुरूवाती अग्रता दिलाएकी थिइन् ।

६२ औँ मिनेटमा रेनुकाले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन् । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा नेपाल २-० गोलले विजयी भएको हो ।

अब नेपालले समूह ‘बी’को उपविजेतासँग सेमिफाइनल खेल खेल्नेछ । समूह ‘बी’ अन्तर्गत आज भारत र बंगलादेशबीच हुने खेलको नतिजाले समूह विजेता  र उपविजेताको टुंगो लाग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *