फिल्म ‘आ बाट आमा २’ मा मलिका महत अनुबन्धित

काठमाडौँ । चन्द्र पन्तको निर्देशन रहेको फिल्म ‘आ बाट आमा २’को अभिनेत्री मलिका महत अनुबन्धित भएकी छन् । आइतबार निर्माण टिमले उनलाई फिल्मको मुख्य भूमिकामा अनुबन्धित गरेको हो । मलिका यस फिल्ममा अनुबन्धभएसँगै तीन वटै नायिका फाइनल भएका हुन् ।

यसअघि अभिनेत्रीका रुपमा रिश्ता गुरूङ, निकिता आचार्य अनुबन्ध भइसकेका छन् । फिल्ममा पल शाह,आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का लगायतको अभिनय रहनेछ ।

यस फिल्मको कथा तथा पटकथा निर्देशक पन्त स्वयंमले लेखेका हुन् । गतवर्ष प्रदर्शनमा आएको फिल्म ‘आ बाट आमा’को यो सिक्वेल हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *