चितवन। माडी नगरपालिकामा नीलगाईको आक्रमणबाट आज एकजनाको घटनास्थलमै मृत्यु भएको छ। कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार स्थानीय कल्याणपुर सामुदायिक वनमा घाँस काट्न जाने क्रममा तामाङलाई अपराह्न २:४० बजे नीलगाईले आक्रमण गरेको थियो।
मृत्यु हुनेमा माडी –६ का ५५ वर्षीय वीरबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
