काठमाडौं । प्रतिनिधिसभाको बैठकमा विपक्षी दलले अवरोध गरेपछि सभामुख डीपी अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् । प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन साहको उपस्थिति र जवाफको माग गर्दै विपक्षी दलका सांसदले अवरोध गरेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो ।
विपक्षीको अवरोधबीच सभामुख अर्यालले पेलेरै बैठक अघि बढाएका थिए । तर विपक्षी सांसदले आसनबाटै नाराबाजी गरेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।
