साफ महिला च्याम्पियनसिपमा नेपालको विजयी शुरूवात

काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२६ को उद्धाटन खेलमा नेपाल विजयी भएको छ । सोमबार बेलुकी भएको समूह ‘ए’ को खेलमा नेपालले भुटानलाई १-० गोलले पराजित गरेको हो । जितसँगै नेपालले सेमिफाइनल पुग्ने सम्भावनालाई बलियो बनाएको छ ।

गोवास्थित पण्डित जवाहार्लाल नेहरु स्टेडियममा भएको खेलमा नेपाललाई जित दिलाउन गीता रानाले निर्णायक गोल गरिन् । पहिलो हाफको २३ औँ मिनेटमा गीताले गरेको गोलनै नेपाललाई जित दिलाउन पर्याप्त बन्यो । गीताको प्रहार विपक्षी डिफेन्डरलाई लाग्दै गोल भएको थियो ।

नेपालको लागि अनिता लम्जेल र विर्शना चौधरीले डेब्यु गरे ।

जितसँगै नेपालले तीन अंक जोडेको छ । आजै हुने अर्को खेलमा घरेलु टोली भारत र माल्दिभ्स भिड्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *