नेपाल काभा महिला भलिबलको सेमिफाइनलमा

काठमाडौं । घरेलु टोली नेपाल काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ  । आइतबार बेलुकी सम्पन्न खेलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो । नेपालको यो लगातार दोस्रो जित हो ।

राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको खेलमा नेपाल शुरुवातदेखिनै खेलमा हाबी बनेको थियो । पहिलो सेट २५-१२ ले जितेको नेपालले दोस्रो सेट २५-९ ले आफ्नो पक्षमा पारेको थियो । यस्तै तेस्रो सेट २५-२० ले जित्दै नेपालले सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *