काठमाडौं । काभा महिला भलिबल च्याम्पियनसिपमा नेपालले पहिलो जित निकालेको छ । शनिबार बेलुकी भएको खेलमा नेपालले किर्गिस्तानलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।
राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको खेलमा नेपाल शुरुवातदेखिनै खेलमा हाबी बनेको थियो । पहिलो सेट २५-१८ ले जितेको नेपालले दोस्रो सेट २५-२० ले आफ्नो पक्षमा पारेको थियो । यस्तै तेस्रो सेट २५-१३ ले जित्दै खेल आफ्नो पक्षमा पारेको थियो ।
शुक्रबार भएको खेलमा नेपाल भारतसँग ३-२ को सेटमा पराजित भएको थियो । अब नेपालले भोलि माल्दिभ्सको सामना गर्नेछ ।
