सचिवालय बैठकका विषय अतिरञ्जित भएर बाहिर आएका उपमहासचिव भट्टको दाबी

काठमाडौं । नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीको सचिवालय बैठकमा उठेका विषयहरूलाई लिएर बाहिर आएका समाचारप्रति उनले असन्तुष्टि जनाएका छन् ।

शनिबार दोस्रो दिनको सचिवालय बैठकपछि पत्रकारहरुसँग कुरा गर्दैै उपमहासचिव भट्टले बैठकमा भएका चिजहरू अलि अतिरञ्जित पाराले बाहिर आएका बताएका हुन् । पार्टीभित्र विभिन्न प्रवृत्ति र विचार हुनु स्वाभाविक भए पनि त्यसलाई पार्टीको नीति र अनुशासनभित्रै राखेर सम्बोधन गर्नुपर्ने बताए ।

उनले भने, ‘म जुन स्कुलिङबाट आएको छु, त्यसमा हरेक कुरा पार्टीको मुख्य लाइनभन्दा बाहिर बोल्नुहुन्न भन्ने लाग्छ । पार्टीको अनुशासन, विधि र पद्धतिमा बसेर आफ्ना कुरा कमिटीभित्रै राख्नुपर्छ।’

उपमहासचिव भट्टले शनिबारको बैठकमा अधिकांश सचिवहरूले आफ्ना अनुभूति र अनुभवहरू राखेको र भोलि बाँकी रहेका सचिवहरूले आफ्नो धारणा राखेपछि ११ वटा एजेन्डामा छलफल सुरु हुने जानकारी दिए ।

शुक्रबारदेखि एमाले सचिवालय बैठक सुरु भएको हो । शुक्रबारको बैठकमा पार्टीका उपाध्यक्षहरुले अध्यक्ष केपी शर्मा ओलीलाई पद त्याग्न सुझाव दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *