एमाले सचिवालय बैठक आजपनि बस्दै

भक्तपुर । नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठक आजपनि बस्दैछ । बैठक एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बिहान ११ः३० बजे बस्नेछ । शुक्रबारपनि बसेको बैठकमा पाँच उपाध्यक्षहरूले समीक्षात्मक धारणा प्रस्तुत गरेका थिए । बैठकमा छ घण्टाभन्दा बढी पार्टीको समग्र अवस्था र निर्वाचनका बारेमा घनिभूत छलफल गरिएको थियो।

बैठकपछि सञ्चारकर्मीलाई बैठकबारे जानकारी दिँदै पार्टीका उपमहासचिव लेखराज भट्टले पार्टीको अहिलेको अवस्थासम्मको समग्र समीक्षा र निर्वाचनका बारेमा लामो छलफल भएको बताएका थिए ।

शुक्रबारको बैठकमा पाँच जनाले लामो समय लिएर बोलेको र अझै १२ जनाले बोल्न बाँकी रहेको बताउँदै उनले नेताहरूको कार्यविभाजनको विषय आजको बैठकबाट हुने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *