संविधान संशोधनको विषय सरकारले गम्भीरताकासाथ लेओस्ः सभापति थापा

धरान । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधान संशोधनको विषय गम्भीर भएको उल्लेख गर्दै परिपक्व निर्णय लिन आग्रह गरेका छन् ।

शुक्रबार सुनसरीको लौकहीमा आयोजित प्रदेश तथा स्थानीय तहस्तरीय भेलालाई सम्बोधन गर्दै सभापति थापाले संविधान संशोधनजस्तो संवेदनशील विषयमा परिपक्व ढङ्गले काम गर्नुपर्नेमा जोड दिए ।

सरकारले सुकुम्बासी व्यवस्थापनका सम्बन्धमा पनि सरकार गम्भीर हुनुपर्ने धारणा राखे । सभापति थापाले गत भदौ २४ गते भएको जेनजी आन्दोलनसम्बन्धी घटनाबारे राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *