कैलाली । कैलालीको टीकापुरमा तालिमका क्रममा सशस्त्र प्रहरीका सात जना प्रहरी जवान बेहोस भएका छन् । उनीहरु सशस्त्र प्रहरी बल औद्योगिक राजश्व शिक्षालय टीकापुरमा सञ्चालित सशस्त्र प्रहरी जवान आधारभूत तालिममा दौडिने क्रममा बेहोस भएका हुन् ।
बेहोस भएकामध्ये ६ जनालाई थप उपचारका लागि टीकापुर अस्पतालले रिफर गरेको छ । एक जनाको भने टीकापुर अस्पतालमै उपचार भइरहेको छ । रिफर गरिएकामध्ये दुई जनालाई हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ भने अन्य चार जनालाई समेत काठमाडौं लैजाने तयारी भइरहेको बताइएको छ ।
