त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा आज नेपाल र अमेरिका भिड्दै

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत जारी त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा आज नेपाल र अमेरिका भिड्दैछन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेल बिहान ९:३० बजे शुरू हुनेछ ।

आज हुने खेलमा दुवै टोली जित निकाल्दै सिरिजको अन्त्य गर्न चाहन्छन् । नेपाल आज लगातार तेस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा स्कटल्याण्डसँग दुई रनले पराजित हुँदै सिरिजको शुरुवात गरेको नेपालले दोस्रो खेलमा अमेरिकालाई ९ विकेट र तेस्रो खेलमा स्कटल्याण्डलाई ६ विकेटले हराएको थियो । नेपाल आज अमेरिकामाथि लगातार दोस्रो जितको खोजीमा रहेको छ ।

शीर्ष चारको सम्भावना कायम राख्न नेपाललाई बाँकी ९ खेल महत्त्वपूर्ण रहेको छ । हाल नेपाल २७ खेलबाट २२ अंक जोड्दै लिगको पाँचौ स्थानमा रहेको छ ।

यता अमेरिका समान खेलबाट ३८ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ । शुरुवाती दुई खेलमा स्कटल्याण्ड र नेपालसँग क्रमश २ रन र ९ विकेटले पराजित भएको अमेरिकाले तेस्रो खेलमा स्कटल्याण्डलाई ६ विकेटले पराजित गरेको थियो । अमेरिका नेपालमाथि बदला लिने लक्ष्यसहित मैदान उत्रिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *