एजेन्सी । साविक विजेता रोयल च्यालेन्जर्स बैंगलुरु इन्डियन प्रिमियर लिग(आईपीएल)को प्लेअफमा पुगेको छ । आइतबार दिउँसो भएको खेलमा पञ्जाव किंग्सलाई २३ रनले हराउँदै बैंगलुरु प्लेअफमा पुग्ने पहिलो टोली बनेको हो ।
जितको लागि २ सय २३ रनको विजयी लक्ष्य पछ्याएको पञ्जावले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ९९ रनमात्र बनाउन सक्यो । पञ्जावको लागि शशांक सिंहले अर्धसतक बनाए । उनले २७ बलमा ४ चौका र ४ छक्काको मद्दतमा ५६ रन बनाए । यस्तै मार्कुस स्टोइनिस र कोपर कोनोलीले समान ३७/३७ तथा सुर्यंश शेड्गेले ३५ र अज्मातुल्लाह ओमारजीले १४ रन बनाएपनि टोलीलाई जित दिलाउन पर्याप्त रहेन ।
बैंगलुरुको लागि रसिख सलामले तीन, भुवनेश्वर कुमारले दुई तथा जोश हज्लेवुड, सुयश शर्मा र रोमारियो शेफर्डले समान १/१ विकेट लिए ।
यसअघि धर्मशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिंगमा उत्रिएको बैंगलुरुले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय २२ रन बनाएको थियो । बैंगलुरुको लागि भेन्कातेश आयर र विराट कोहलीले अर्धसतक बनाए । भेन्ताकेश आयरले ४० बलमा ८ चौका र चार छक्काको मद्दतमा नटआउट ७३ रन बनाउँदा विराट कोहलीले ५८ रन बनाए । उनले ३७ बलमा ४ चौका र ३ छक्का हिर्काए । यस्तै देभदत्त पडिक्कलले ४५, टिम डेभिडले २८ र जोकाब बेथेलले ११ रनको योगदान गरे ।
पञ्जावको लागि हर्पित ब्रारले दुई विकेट लिँदा अर्शदिप सिंह र युज्वेन्द्र चहालले समान एक/एक विकेट लिए ।
जितसँगै बैंगलुरु १३ खेलबाट १८ अंक जोड्दै शीर्ष स्थानमा यथावत रहँदा समान खेलबाट १३ अंक जोडेको पञ्जाव चौथो स्थानमा रहेको छ । पञ्जावको यो लगातार छैटौँ हार हो ।
