प्रधानमन्त्री र सचिवालयको नाम दुरुपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई धम्क्याउने काम बन्द गर्न चेतावनी

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आफ्नो नाम, प्रधानमन्त्रीको नाम तथा कार्यालयको लोगो दुरुपयोग गरी धम्की, प्रभाव वा दबाब सिर्जना गर्ने गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

शनिबार विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको कार्यालयले सामाजिक सञ्जाल तथा विभिन्न माध्यममार्फत प्रधानमन्त्री वा कार्यालयको नाम प्रयोग गरेर अनुचित प्रभाव पार्ने, धम्की दिने तथा व्यक्तिलाई भ्रममा पार्ने कार्य भइरहेको भन्दै त्यस्ता गतिविधि तत्काल रोक्न चेतावनी दिएको हो ।

कानुन र स्थापित प्रशासनिक प्रक्रियाअनुसार आफ्नो जिम्मेवारी पूरा गरिरहेका राष्ट्रसेवक कर्मचारीलाई पदीय मर्यादाविपरीत भय र त्रास सिर्जना गर्ने, अपमानित गर्ने तथा गलत सूचना फैलाउने कार्य निन्दनीय भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । यस्ता गतिविधिमा संलग्न जो–कोहीमाथि प्रचलित कानुनअनुसार कडा कारबाही गरिने स्पष्ट पारिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *