रास्वपा सांसद गणेश पराजुलीले संसदमा प्रयोग गरेका ‘भरौटे’, ‘लुगा लगाएर पनि नाङ्गै हिँडेजस्तो’ शब्द रेकर्डबाट हटाउन सभामुखको निर्देशन

काठमाडौं । सभामुख डीपी अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीको अभिव्यक्तिका असंसदीय शब्द संसदको रेकर्डबाट हटाउन निर्देशन दिएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा सभामुख अर्यालले नियमावलीको नियम (२१)को खण्ड घ सम्झाउँदै पराजुलीले प्रयोग गरको शब्द रेकर्ड हटाउन सचिवालयलाई निर्देशन दिएका हुन् ।

सभामुखले पराजुलीलले प्रयोग गरेका भरौटे र यहाँ लुगा लगाएर पनि नाङ्गै हिडेजस्तो भन्ने शब्द अभिलेखबाट हटाउन निर्देशन दिएका हुन् । पराजुलीले संसद्मा सम्बोधनका क्रममा भरौटे, लुगा लगाएर पनि नाङ्गै हिँडेजस्तो शब्द प्रयोग गरेका थिए ।

सभामुख अर्यालले सांसदहरूलाई सदनमा बोल्दा प्रयोग गर्ने भाषामा ध्यान दिन समेत निर्देशन दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *