च्याम्पियन बार्सिलोना पराजित

एजेन्सी । स्पेनिस लिग ला लिगा च्याम्पियन बार्सिलोना पराजित भएको छ । बुधबार राति भएको खेलमा बार्सिलोना डिपोर्टिभो आल्भेससँग १-० गोलले स्तब्ध बनेको हो ।

यस जितले आल्भेसलाई रेलिगेसन जोनबाट राहत मिलेको छ । घरेलु मैदानमा भएको खेलमा आल्भेसलाई जित दिलाउन इब्राहिन डाइबेटले एक गोल गरे । पहिलो हाफको इन्जुरी समयमा इब्राहिमले गरेको गोलनै टोलीलाई जित दिलाउन निर्णायक बन्यो ।

जितसँगै आल्भेस ३६ खेलबाट ४० अंक जोड्दै तालिकाको १५ औँ स्थानमा रहेको छ । जुन रेलिगेसन जोनमा रहेको लेभान्टेको भन्दा एक अंक बढि हो । पराजित बार्सिलोना ३६ खेलबाट ९१ अंकको साथ शीर्ष स्थानमा यथावत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *