सम्पत्ति छानबिन आयोगविरुद्धको रिटमा कारण देखाउ आदेश जारी

काठमाडौँ । सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोगविरुद्ध दायर गरेको रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले बुधबार कारण देखाउ आदेश गर्दै यही वैशाख २९ गते छलफलका लागि बोलाएको हो ।

अधिवक्ता डा प्रेमराज सिलवालद्वारा आयोग असंवैधानिक र क्षेत्राधिकारविहीन भएको उल्लेख गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई रिट निवेदन दायर गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *