अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण

बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजकीय भ्रमणका लागि बुधबार साँझ बेइजिङ आइपुग्नुभएको छ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण गर्न लागेका हुन् । लामो उडानपछि अमेरिकी राष्ट्रपति ट्रम्प बेइजिङको समय अनुसार बुधबार ७ः५० मा बेइजिङ अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

करिब नौ वर्षपछि अमेरिकी राष्ट्रपतिको यो पहिलो चीन भ्रमण हो भने सन् २०१७ को नोभेम्बरपछि ट्रम्पको यो दोस्रो भ्रमण हो ।

दुई नेताबीच द्विपक्षीय सम्बन्ध र विश्व शान्ति र विकासका प्रमुख विषयमा गहन छलफल हुने चीनको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *