प्रधानमन्त्री शाहले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ । बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउने जनाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए ।

सदनको मङ्गलबारको छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरूले नीति तथा कार्यक्रममाथि धारणा राखेका थिए । सदनको आजको सम्भावित कार्यसूचीअनुसार नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरिने छ । चालु सदनको अधिवेशनमा आर्थिक वर्ष २०८३/ ८४ को बजेटसमेत प्रस्तुत हुनेछ ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/०८४ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल सुरु गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहले नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *