काठमाडौँ । नेकपा एमाले संसदीय दलको उपनेतामा पार्टीका सचिव तथा पूर्वमन्त्री पद्मा अर्याललाई मनोनित गरेको छ ।
एमाले संसदीय दलका नेता रामबहादुर थापाले उपनेतामा पूर्वमन्त्री अर्याललाई मनोनित गरेको प्रमुख सचेतक ऐन महरले जानकारी दिए।
एमाले सचिव अर्याल समानुपातिकबाट सांसद हुन् । पार्टीले यसअघि दलको प्रमुख सचेतकमा महर र सचेतकमा नीता घतानी मनोनित गरेको थियो ।
