काठमाडौँ । सरकारले सीमा विवाद कूटनीतिक संवादका माध्यमबाट समाधान गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत सीमा विवाद कूटनीतिक संवादबाट समाधान गरिने बताएका हुन् ।
उनले भने,’सीमा विवादको विषय कूटनीतिक संवादका माध्यमबाट समाधान गरिनेछ ।’
