विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने निर्णय कार्यन्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले विश्वविद्यालयमा विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय कार्यन्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

सोमबार सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरी अन्तरिम आदेश दिन पर्ने वा नपर्ने भन्ने विषयमा छलफल गर्न दुवै पक्षलाई बोलाएको छ । अनेरास्ववियुका अध्यक्ष दीपक धामीसहित विभिन्न विद्यार्थी संगठनले प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध रिट दायर गरेका थिए ।

उक्त विवादमा अब रिट निवेदक र सरकारबीच सर्वोच्चमा छलफल भएपछि सोमबार सरकारको निर्णय रोक्न जारी भएको अन्तरिम आदेशले निरन्तरता पाउने वा नपाउने विषयको टुंगो लाग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *