मुलुक अभिभावकविहीन भयोः हर्क साम्पाङ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले लिपुलेक हुँदै भारतले नाका खोल्दा सरकार चुप लागेर बसेको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले सीमा जोगाउन सेना पठायो कि सुकुम्बासी बस्तीमा रहेका गरिब जनतालाई हटाउन भन्दै प्रश्न गरे ।

उनले भने, ‘सरकार छिमेकी मुलुकहरूले सीमा मिचेर नेपालको भूमि मिचेर नाका खोल्दा सरकार किन चुप छ ।सरकारले नेपाली सेनालाई त्यता नेपालको सीमा बचाउन पठायो कि सुकुम्बासी बस्तीमा गरिब जनता उठाउन ?’

उनले देश अभिभावकविहीन भएको पनि बताए । उनले सुकुम्बासी रुवाउने सरकार जनताको अभिभावक हुन नसक्ने बताए । उनले प्रधानमन्त्री सुकुम्बासीलाई राखिएका होल्डिङ सेन्टरमा पुग्नु भएको छ कि कार्यालय र निवासमै लुकेर बस्नु भएको छ भन्दै प्रश्न गरे । उनले भने, ‘होल्डिङ सेन्टरमा प्रधानमन्त्री जानु भयो कि आफ्नै कार्यालयमा लुकेर बस्नु भएको छ ?’

उनले सरकार चलाउनेलाई सामान्य हिसाब समेत सिकाउनुपर्ने अवस्था आयो भन्दै व्यङ्ग्य समेत गरे । उनले संवैधानिक परिषदमा ६ जनामा ३ जना कसरी बहुमत भयो ? ४ पहिले आउँछ कि १ पहिले आउँछ भन्ने प्रश्न गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *