त्रिकोणात्मक सिरिजको लागि नेपाली टोलीको घोषणा

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत हुने त्रिकोणात्मक सिरिजको लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान)ले सिरिजको लागि १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।

पछिल्लो सिरिजमा रहेका बासिर अहमदको स्थानमा इशान पाण्डे टोलीमा आएका छन् । स्कटल्याण्ड, अमेरिका र नेपाल सम्मीलित त्रिकोणात्मक सिरिज मंगलबारबाट शरू हुँदैछ । पहिलो खेलमा नेपाल र स्कटल्याण्ड भिड्दैछन् ।

नेपाली टोली :- रोहित पौडेल(कप्तान), दीपेन्द्र सिंह एरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, भीम शार्की, आरिफ शेख, इशान पाण्डे, गुलसन झा, सोमपाल कामी, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल, करण केसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *